मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शुक्रबार, ०४ पुस २०८२, ०७ : ४२

काठमाडौं लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ ।  

आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

शुक्रबार, ०४ पुस २०८२, ०७ : ४२

प्रतिक्रिया