सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, ०४ पुस २०८२, ११ : २७

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

 
 
शुक्रबार, ०४ पुस २०८२, ११ : २७

प्रतिक्रिया