कित्ताकाटको प्रभाव

घरजग्गा कारोबारमा उत्साह, मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन

शुक्रबार, ०४ पुस २०८२, १२ : ४४

काठमाडौ–ं कित्ताकाट खुलेसँगै मंसिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

विभागको तथ्यांक अनुसार मङ्सिर महिनामा देशभर ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच (लिखत पारित) भएका छन् । चालु आर्थिक वर्षको सुरुवात साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो । यस्तै कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ उठेको थियो । तर साउन महिनापछि निरन्तर रूपमा ओरालो लागेको घरजग्गा कारोबारमा मङ्सिर महिनामा भने उत्साह देखिएको छ । 

विभागका अनुसार पछिल्लो पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले गत कार्तिक २४ गते गरेको भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन २०८२) को निर्णय गरेको थियो । सोही संशोधनका आधारमा कित्ताकाट खुला भएको थियो । 

 
 
शुक्रबार, ०४ पुस २०८२, १२ : ४४

प्रतिक्रिया