फोटो पत्रकार आलमको मस्तिष्कघातबाट निधन

शनिबार, ०५ पुस २०८२, १२ : १५

काठमाडौं- बाराका फोटो पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातबाट निधन भएको छ।

परवानीपुर गाउँपालिका लिपनी निवासी ५५ वर्षीय आलमको शुक्रबार साँझ उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो। 

उनको ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो, प्रेस सेन्टर केन्द्रीय समितिका महासचिव मनोज घर्ती मगर र प्रेस सेन्टर बाराका सचिव अखिलेश यादवले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन्। 

पत्रकार आलम पछिल्लो समय पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकमा कार्यरत थिए। 

 
शनिबार, ०५ पुस २०८२, १२ : १५

प्रतिक्रिया