काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन्।
उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। लामिछाने विमानस्थलबाट बाहिरिँदा उनका समर्थकहरूले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्।
पछिल्लो समय उनी रिहा भएपछि रास्वपाका कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ भने उनलाई स्वागत गर्न विमानस्थलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो।
प्रतिक्रिया