अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सोमबार, ०७ पुस २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार, ०७ पुस २०८२, १० : ४९

प्रतिक्रिया