काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो । सोेमबार सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया