काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा साढे ६ हजार युनिट कार, जीप र भ्यानलगायतका सवारी आयात भएको छ।
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म पेट्रोल र विद्युतीय गरी कुल ६ हजार ६०१ युनिट भित्रिएका हुन्, जसमा पेट्रोल र विद्युतीय दुवै प्रकारका कार छन्।
गत वर्षको सोही अवधिसँग तुलना गर्दा समग्र कार आयात १.६४ प्रतिशत अर्थात् १०७ युनिटले वृद्धि भएको छ। चालु वर्षमा कार आयातबाट सरकारले ११ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
तर विद्युतीय कार (ईभी) आयातमा भने २३.५५ प्रतिशत गिरावट आएको छ। गत वर्षको ४ हजार ६९५ युनिट ईभी कारको साटो चालु वर्ष ३८०० युनिट मात्रै आयात भएको छ।
पेट्रोल कार आयातमा भने उल्लेखनीय वृद्धि देखिएको छ। चालु वर्षको ५ महिनामा २ हजार ८०१ युनिट पेट्रोल कार आयात भएको छ, जुन गत वर्षको तुलनामा ५०.६८ प्रतिशत बढी हो।
हुन्डाई कम्पनीको क्रेटा र भेन्यू मोडलको डिमाण्ड बढ्दा पेट्रोल गाडीको आयातमा वृद्धि आएको देखिन्छ ।
प्रतिक्रिया