अपडेट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

बुधबार, ०९ पुस २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा आज नयाँ रेकर्ड बनेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । 

यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँ कायम भएको हो । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

 
बुधबार, ०९ पुस २०८२, १० : ४९

प्रतिक्रिया