काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा पुस १२ गतेदेखि १५ गतेसम्म राष्ट्रिय घर निर्माण फेस्ट २०८२ आयोजना हुने भएको छ।
बढ्दो निर्माण सामग्रीको मूल्य, मजदुरी खर्च र समयको अभावका कारण धेरै नेपालीका लागि घर बनाउने सपना चुनौतीपूर्ण बन्दै गएको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ फेस्ट आयोजना हुन लागेको हो ।
फेस्टमा रियल–स्टेटको क्षेत्रमा काम गर्दै आएको सारा सेवाले ‘फेस्टिभल अफर’ ल्याउने भएको छ । कम्पनीले सम्पत्ति खरिद मूल्यको आधारमा घरेलु तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेज उपलब्ध गराउने योजना अघि सारेको हो।
यस योजनाअन्तर्गत १ करोड रुपैयाँसम्मको सम्पत्ति किन्ने ग्राहकका लागि पर्यटकीय शहर पोखरास्थित रुपाकोट रिसोर्टमा २ रात/३ दिनको कपल प्याकेज, १ देखि ३ करोड रुपैयाँसम्मको प्रोपर्टी खरिदकर्ताका लागि दिल्ली, जयपुर र आग्रासहितको ५ रात/६ दिनको प्रिमियम भारत कपल टुर, ३ देखि ५ करोडसम्मको सम्पत्ति खरीद गर्नेहरूका लागि ४ रात/५ दिनको थाइल्यान्ड कपल टुर, र ५ करोडभन्दा माथिको सम्पत्ति खरिदकर्ताका लागि ७ रात/७ दिनको भियतनाम तथा थाइल्यान्डको भ्रमण उपलब्ध गराइनेछ।
राष्ट्रिय घर निर्माण फेस्ट २०८२ को प्रोपर्टी पार्टनर समेत रहेको सारा सेवाले ग्राहकको लगानीलाई सम्मान गर्दै, सम्पत्ति खरिदलाई मात्र वित्तीय निर्णय नभई स्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले यस्तो विशेष अफर सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार, यस प्रकारको सुविधाले सम्पत्ति किन्ने ग्राहकलाई प्रत्यक्ष लाभ दिने मात्र नभइ रियल–स्टेट कारोबारमा सन्तुष्टि, सुरक्षित लगानी र दीर्घकालीन सम्बन्ध निर्माणमा सहयोग पुग्नेछ। यस्तै, सारा सेवाले पर्व महिनाभरका लागि उल्लेखनीय छुट योजना पनि सार्वजनिक गरेको छ, जसले सम्पत्ति खरिद तथा सम्पत्ति–प्रमोशन सेवामा थप सहजता र प्रोत्साहन प्रदान गर्नेछ।
आगामी पुस महिनामा हुने प्रोपर्टी डिलमा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ। साथै, पुस १२ देखि १५ का बीचमा आफ्नो सम्पत्ति बिक्रीका लागि गरिने विज्ञापन सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ, भने सम्पूर्ण महिनाभर बुक गरिने सबै विज्ञापनहरूमा २५ प्रतिशत छुट लागू हुनेछ। कम्पनीका अनुसार, यस अभियानले सम्पत्ति खरीद–बिक्रीमा सक्रिय ग्राहक र व्यवसायिक साझेदारहरूलाई थप आर्थिक राहत, दृश्यता तथा पहुँच विस्तारमा सहयोग गर्नेछ । सारा सेवाले आफ्नो सेवामा निरन्तर सुधार र ग्राहक–सन्तुष्टिलाई प्राथमिकता दिँदै, यो फेस्टिवल अफरलाई वर्षकै सबैभन्दा आकर्षक योजनाका रुपमा अघि सारेको जनाएको छ।
यस फेस्टको मुख्य उद्देश्य सर्वसाधारणलाई घर निर्माणसम्बन्धी आधुनिक प्रविधि, लागत घटाउने उपाय र सुरक्षित संरचना निर्माणबारे जानकारी दिनु रहेको छ।
फेस्टमा विभिन्न ४० वटा इन्जिनियरिङ कलेजले तयार पारेका थ्री डी मोडलको समेत प्रदर्शनी हुनेछ।
प्रतिक्रिया