अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, १० पुस २०८२, १० : ४५

काठमाडौं- नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । 

यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलामा ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
विहीबार, १० पुस २०८२, १० : ४५

प्रतिक्रिया