अपडेट

सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, आज कति पुग्यो ?

आइतबार, १३ पुस २०८२, १० : ४४

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।  यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा २ सय ७० रुपैयाँले बढेर तोलामा ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
आइतबार, १३ पुस २०८२, १० : ४४

प्रतिक्रिया