काठमाडौं- नेपालीमा बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज पनि तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनेको छ । सोमबार चाँदीको मूल्य तोलामा ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया