इनड्राइभसम्बन्धी भाइरल कन्टेन्टको पछि नलाग्न प्रतिनिधि रिता पोखरेलको आग्रह

सोमबार, १४ पुस २०८२, १२ : १५

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा इनड्राइभसँग सम्बन्धित विभिन्न भिडियो तथा सामग्रीहरू भाइरल भइरहेका छन्। ती कन्टेन्टहरूबारे इनड्राइभकी प्रतिनिधि रिता पोखरेलले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेकी छिन् । 

पोखरेलले सामाजिक सञ्जालमा देखिने सामग्रीप्रति सजग रहन आग्रह गर्दै भाइरल भएको आधारमै कुनै पनि जानकारीलाई सत्य मान्नु उपयुक्त नहुने बताइन् । उनका अनुसार सामाजिक सञ्जालमा फैलिने सामग्रीहरू सधैं तथ्य र वास्तविकतासँग मेल नखान सक्ने भएकाले प्रयोगकर्ताले सूचनाको स्रोत र विश्वसनीयता बुझ्न आवश्यक छ।

“इनड्राइभ प्रयोगकर्ता तथा चालक साझेदारहरूको सुरक्षा र समग्र अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्ने जिम्मेवार कम्पनी हो,” पोखरेलले भनिन्। उनले सामाजिक सञ्जालमा देखिने केही भिडियो वा पोस्टहरूले घटनालाई अपूर्ण वा भ्रामक ढंगले प्रस्तुत गर्न सक्ने उल्लेख गर्दै आधिकारिक सूचना र कम्पनीको स्पष्टिकरणलाई महत्व दिनुपर्नेमा जोड दिइन् ।

इनड्राइभले आफ्ना सेवा, नीति र प्रयोगकर्ताको सुरक्षासम्बन्धी विषयमा आधिकारिक माध्यमबाट मात्र सूचना सार्वजनिक गर्ने गरेको बताउँदै, कुनै पनि भ्रम फैलिने सामग्रीप्रति सचेत रहन कम्पनीले सबै प्रयोगकर्ता र सर्वसाधारणलाई अनुरोध गरेको छ।

 
सोमबार, १४ पुस २०८२, १२ : १५

प्रतिक्रिया