अपडेट

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १५ पुस २०८२, १० : ५०

काठमाडौं- लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ७० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

 
मंगलबार, १५ पुस २०८२, १० : ५०

प्रतिक्रिया