हुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्लान्ट उद्घाटन

बुधबार, १६ पुस २०८२, १६ : ४३

काठमाडौं- नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बाराको सिमरास्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेको छ।

यस परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न भएको हो, जसले स्वच्छ ऊर्जाको प्रवर्द्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको छ।

हुलास स्टिलले वातावरणीय दिगोपनका लागि निरन्तर पहल गर्दै यसअघि नै आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन तथा कलर कोटिङ लाइनलाई डिजेलबाट विद्युतमा रूपान्तरण गरिसकेको छ, जसले जीवाश्म इन्धनको प्रयोग तथा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याएको छ। सो पहललाई थप सुदृढ गर्दै सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जातर्फ कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

स्थापित सौर्य प्रणालीबाट स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन भई CO₂ उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता र वातावरणीय सन्तुलनलाई समेत समर्थन गर्दछ। AEPC को सब्सिडी व्यवस्थाले औद्योगिक क्षेत्रमा रूफटप सोलार प्रणाली अपनाउन प्रोत्साहन प्रदान गरेको छ।

यो पहल जिम्मेवार उत्पादन, जलवायु कार्य तथा दिगो औद्योगिक विकासप्रतिको हुलास स्टिलको प्रतिबद्धता अनुसारकै भएको कम्पनीले जनाएको छ । यस उपलब्धिसँगै हुलास स्टिलले ESGसिद्धान्तप्रतिको आफ्नो नेतृत्वलाई थप मजबुत बनाउँदै नेपालको हरित र दिगो भविष्यतर्फ सकारात्मक योगदान पुग्ने बताएको छ ।  

 
बुधबार, १६ पुस २०८२, १६ : ४३

प्रतिक्रिया