काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया