कुरिनटारमा केएफसीको नयाँ आउटलेट उद्घाटन, २५ प्रतिशत छुट दिने

विहीबार, १७ पुस २०८२, १६ : ०१

काठमाडौं- दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई-स्टपले आज कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ।

उद्घाटनको अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५% विशेष छुट उपलब्ध गराइएको छ, जसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभवलाई अझ सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

यो उद्घाटन दिगो ई-स्टपको यात्रु–केन्द्रित तथा जीवनशैली–मैत्री दृष्टिकोणलाई थप सुदृढ बनाउने एक महत्वपूर्ण कदम हो। अब दिगो ई-स्टप कुरिनटारमा पुग्ने यात्रुहरूले आफ्ना निजी वा व्यवसायिक सवारी साधन चार्ज गर्दै, विश्वभर रुचाइने केएफसीको स्वादको आनन्द लिन सक्नेछन्। यसले यात्रालाई आरामदायी मात्र नभई अझ स्मरणीय बनाउने दिगो ग्रुपले विश्वास लिएको छ।

“दिगो ई-स्टपमा हाम्रो उद्देश्य सधैं यात्रुहरूका लागि दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो,” दिगो ग्रुप अफ इंडस्ट्रीजका ग्रुप सीइओ  सौरभ श्रेष्ठले भने, “कुरिनटारमा केएफसीको उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं।”

दिगो ई-स्टप कुरिनटारले निजी तथा व्यवसायिक ईभीका लागि फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवाहरू उपलब्ध गराउँदै आएको छ। केएफसीको आगमनले दिगो ई-स्टप लाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा अझ मजबुत बनाएको छ।

२५% विशेष उद्घाटन छुटसहित दिगो ई-स्टप कुरिनटारले यात्रु, परिवार तथा स्थानीय बासिन्दाहरूलाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रण गरेको छ। 

 
विहीबार, १७ पुस २०८२, १६ : ०१

प्रतिक्रिया