अपडेट

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, १८ पुस २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो । 

चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
 
शुक्रबार, १८ पुस २०८२, १० : ५२

प्रतिक्रिया