काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया