काठमाडौं- वैश्विक स्मार्ट डिभाइस ब्राण्ड हनरले सिटी सेन्टरको दोस्रो तलामा आफ्नो पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ ।
सोरुममा ग्राहकले ब्रान्डका नयाँ स्मार्टफोन, एक्सेसरिज र स्मार्ट डिभाइसको प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले बताएको छ ।
साथै विशेष स्टोर अफरहरूको फाइदा लिन सक्ने पनि कम्पनीको भनाइ छ । आधुनिक र इन्टरएक्टिभ डिजाइन भएको शोरूममा आगन्तुकले हनरका उत्पादन अन्वेषण गर्न, मुख्य फिचर बुझ्न र तालिमप्राप्त पेशेवरबाट व्यक्तिगत सहयोग प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सोरुम उद्घाटनका अवसरमा टिमका सदस्य, साझेदार र शुभेच्छुकहरूले सहभागिता जनाएको कम्पनीले बताएको छ ।

यस अवसरमा अनर नेपाल टिमले उत्साह व्यक्त गर्दै भने, “सिटी सेन्टर शोरूम प्रविधि प्रेमीहरूका लागि प्रिमियम तर पहुँचयोग्य स्मार्ट डिभाइसहरूको केन्द्रको रूपमा काम गर्नेछ।”
अनरले ग्राहकहरूलाई नयाँ शोरूम भ्रमण गर्न र ब्राण्डका नयाँ उत्पादनहरूको अनुभव लिन आमन्त्रित गरेको छ।
प्रतिक्रिया