वाणिज्य विभागद्वारा काठमाडौं र ललितपुरमा १७ फर्म अनुगमन, एक फर्मलाई १० हजार जरिवाना

सोमबार, २१ पुस २०८२, १२ : १६

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको एक फर्मलाई कारबाही गरेको छ । 

विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको थियो । 

जसमा विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको हो । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै, विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ । विभागले स्थानीय प्रशासन, जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको छ । 
 

सोमबार, २१ पुस २०८२, १२ : १६

प्रतिक्रिया