काठमाडौं- नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न आग्रह गरेको छ।
बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै कर्जालाई सही ठाउँमा लगानी गरी आर्थिक अनुसाशन कायम राख्न आग्रह गरेको हो।
बैंकले पर्याप्त तयारीविनै व्यवसायिक कर्जा लिइएमा त्यस्तो कर्जा बोझ बन्न सक्ने र विलासिता प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरुपयोग हुँदै गएकोले त्यसलाई रोक्न चेतावनी समेत दिएको छ ।
व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वूर्ण साधन व्यवसायिक कर्जा भएको र यस्तो कर्जा व्यवसायिक प्रयोजन जस्तै मेसिन खरीद गर्न, स्तरोन्नती गर्न, अद्याविधक गर्न, व्यवसाय विस्तार गर्न वा व्यापाररव्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नमा प्रयोग गरिनु पर्ने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया