अपडेट

सुनचाँदीको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

मंगलबार, २२ पुस २०८२, १० : ४८

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सोही सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेको छ । यससँगै सोमबार प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 
मंगलबार, २२ पुस २०८२, १० : ४८

प्रतिक्रिया