काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया