अपडेट

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, २४ पुस २०८२, १० : ४५

काठमाडौं- नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
विहीबार, २४ पुस २०८२, १० : ४५

प्रतिक्रिया