काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया