काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया