हिमालयन बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, २८ पुस २०८२, १३ : १९

काठमाडौं- हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९।५६ कित्ता, हरि प्रसाद प्रसाईंको ५ हजार २८८.८९ कित्ता र जयन्तकुमार अग्रवालको १०० कित्ता सेयर बिक्रीमा राखेको हो ।

हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि आवेदन खुला गरिएको छ । 

इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा निवदेन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

 
 
सोमबार, २८ पुस २०८२, १३ : १९

प्रतिक्रिया