अपडेट

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

मंगलबार, २९ पुस २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा करोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
मंगलबार, २९ पुस २०८२, १० : ५१

प्रतिक्रिया