काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य १ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा करोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया