काठमाडौं- लगातार बढिरहेको सुन र चाँदीको मूल्य बिहीबार भने घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सोही सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँले घटेको छ । यससँगै बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया