एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै

विहीबार, ०१ माघ २०८२, १४ : ०५

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। 

सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ।

एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.३५ प्रतिशत स्वामित्व रहनेछ। यो लगानी ३ चरणमा गरिनेछ।

अपर म्यादी जलविद्युत आयोजनाको क्षमता ५३.५ मेगावाट रहेको छ ।

 
विहीबार, ०१ माघ २०८२, १४ : ०५

प्रतिक्रिया