काठमाडौं- एक हप्तामा सुनको मूल्य ९ हजार ४०० रुपैयाँले बढेको छ ।
गत पुस २५ गते शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९ हजार ४०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो । त्यस्तै, सोमबार २ लाख ७४ हजार ७०० रुपैयाँ, मंगलबार २ लाख ७६ हजार ५०० रुपैयाँ र बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भयो । बुधबारको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, बिहीबार २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आर्थिक अनिश्चितता बढ्दा अमेरिकी ब्याजदर घट्ने अपेक्षाले सुनतर्फ लगानी बढेको छ। साथै डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो भई सुनको मूल्य बढेको हो।
यस्तै, चाँदीमा पनि यो साता निकै उतारचढाव देखिएको छ । गत साता पुस २५ गते शुक्रबार ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य यस साताको शुक्रबार पाँच हजार ६४५ कायम भएको छ ।
प्रतिक्रिया