अपडेट

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

आइतबार, ०४ माघ २०८२, १० : ४४

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
आइतबार, ०४ माघ २०८२, १० : ४४

प्रतिक्रिया