काठमाडौं- जाडो मौसमलाई लक्षित गर्दै नेपालको अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा कार्यालयका लागि प्रोफेशनल गिजर मर्मत तथा जडान सेवा सुरु गरेको छ।
यो सेवा एक हजार रुपैयाँबाट सुरु हुने भेटायोले जनाएको छ।
जाडो सुरु भएसँगै गिजर बिग्रने, पानी ढिलो ततिने, अनौठो आवाज आउने, अत्यधिक बिजुली खपत हुने र करेन्ट लाग्ने जस्ता समस्या बढ्ने गरेका छन्। यस्ता समस्याले दैनिकी असहज बनाउने भएकाले गिजरको नियमित सर्भिसिङ आवश्यक हुने विशेषज्ञहरू बताउँछन्। गिजर निरन्तर प्रयोग हुने उपकरण भएकाले ६ महिनामा एकपटक वा कम्तीमा वर्षमा एकपटक सेवा गर्नुपर्ने सुझाव दिइएको छ।
भेटायोले अनुभवी र प्रमाणित प्राविधिकमार्फत गिजरको सम्पूर्ण निरीक्षण, हीटिङ कोइल र थर्मोस्ट्याट जाँच, तार तथा जडान परीक्षण, स्केलिङ हटाउनेरपूर्ण सफाइ, सुरक्षा जाँच तथा नयाँ गिजर जडान सेवा प्रदान गर्ने जनाएको छ। नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने र सुरक्षा जोखिम कम गर्ने कम्पनीको दाबी छ।
सेवा कम्पनीको वेवमार्फत वा फोनमा सम्पर्क गरी सजिलै बुक गर्न सकिने भेटायोले जनाएको छ।
प्रतिक्रिया