अपडेट

प्रतितोला २ लाख ८२ हजार पुग्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

सोमबार, ०५ माघ २०८२, १० : ४९

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कायम भएको हो । 

नेपाल सुुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
सोमबार, ०५ माघ २०८२, १० : ४९

प्रतिक्रिया