अपडेट

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, प्रतितोला २ लाख ८४ हजार माथि

मंगलबार, ०६ माघ २०८२, ११ : ०४

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजारमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
मंगलबार, ०६ माघ २०८२, ११ : ०४

प्रतिक्रिया