वाणिज्य विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना, ११ वटालाई सुधारात्मक निर्देशन

बुधबार, ०७ माघ २०८२, १० : २५

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न फर्ममा अनुमगन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ । 

विभागले नियमित रुपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ । विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको प्रष्ट पारेको छ । 

 
बुधबार, ०७ माघ २०८२, १० : २५

प्रतिक्रिया