अपडेट

एकैदिन १० हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ९५ हजारमाथि

बुधबार, ०७ माघ २०८२, १० : ४६

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले बुधबार फेरि नयाँ किर्तीमान बनाएको छ । आज एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो पनि मूल्य हालसम्मकै उच्च हो । 

 
 
बुधबार, ०७ माघ २०८२, १० : ४६

प्रतिक्रिया