अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०८ माघ २०८२, १० : ५१

काठमाडौं- उच्च मूल्यको रेकर्ड बनाएको सुन र चाँदीको मूल्य बिहीबार घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ५ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
विहीबार, ०८ माघ २०८२, १० : ५१

प्रतिक्रिया