काठमाडौं– नेपाली बजारमा लगातार उच्च मुल्यले बढ्दै आएको सुनको मुल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो ।
बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड बनाउको छ । आज चाँदी प्रतितोला रु ३२० ले बढेर६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया