काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका संस्थापक सेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीका लागि निवेदन पेस गरे अनुसार बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।
सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
प्रतिक्रिया