अपडेट

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

आइतबार, ११ माघ २०८२, १० : ४०

काठमाडौं- नेपाली बजार सुन र चाँदी दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँ बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

 
आइतबार, ११ माघ २०८२, १० : ४०

प्रतिक्रिया