काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया