काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरिपनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया