वाणिज्य विभागद्वारा एक फर्मलाई ५१ हजार जरिवाना, ११ लाई सुधारात्मक निर्देशन

बुधबार, १४ माघ २०८२, १२ : ०१

काठमाडौं- नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ। 

अनुगमनका क्रममा कैफियत भेटिएपछि नागार्जुन नगरपालिका–४, सितापाइलास्थित ‘स्टोर अन द डोर प्रालि’लाई उक्त जरिवाना गरिएको हो।

विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन र मध्यपुर ठिमी लगायतका क्षेत्रका १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ११ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

 
बुधबार, १४ माघ २०८२, १२ : ०१

प्रतिक्रिया