प्राइम टाइल्स बन्यो एनएस प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो टायल कम्पनी

बुधबार, १४ माघ २०८२, १६ : ५४

काठमाडौं- प्राइम टाइल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग (Bureau of Nepal Standards and Metrology–BNSM) बाट NS 617 मापदण्डअनुसारको NS प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै Prime Tiles नेपालको Wall र Floor टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र NS Certified टायल कम्पनी बनेको छ।

NS प्रमाणपत्रले प्राइम टाइल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गर्दछ। कम्पनीका अनुसार यो उपलब्धिले उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग र आकर्षक डिजाइनप्रतिको प्रतिबद्धता झल्काउँछ।

प्राइम टाइल्सका Wall तथा Floor टायलहरू घर, कार्यालय र व्यावसायिक भवनहरूका लागि उपयुक्त रहेका छन्। NS प्रमाणपत्र प्राप्तिसँगै Prime Tiles ले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्ड स्थापित गरेको दाबी गरेको छ।

Prime Tiles ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेड (PCPL) द्वारा प्रवर्द्धित हो। सन् २०२१ मा स्थापना भएको PCPL नेपालको अग्रणी सिरेमिक टायल उत्पादन कम्पनीमध्ये एक हो। रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर र वाल टायल दुवै उत्पादन गर्ने नेपालकै एकमात्र उद्योगका रूपमा PCPL सञ्चालनमा छ।

वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति बनाएको छ। CMS र Fortune Ventures जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित PCPL देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जालमार्फत ग्राहकसम्म पुगिरहेको छ।

“Prime: Tiles जोड्छ जीवन” भन्ने ब्रान्ड प्रतिज्ञासहित Prime Tiles उच्च गुणस्तर, भरपर्दो सेवा र दिगो विकासप्रति निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

ns cer

 
बुधबार, १४ माघ २०८२, १६ : ५४

प्रतिक्रिया