अपडेट

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, चाँँदीमा पनि निरन्तर नयाँ रेकर्ड बन्दै

विहीबार, १५ माघ २०८२, ११ : ०५

काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

 
 
विहीबार, १५ माघ २०८२, ११ : ०५

प्रतिक्रिया