आज सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, १६ माघ २०८२, १० : ५९

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवैको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

 
शुक्रबार, १६ माघ २०८२, १० : ५९

प्रतिक्रिया